१३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत कलंकीदेखि कोटेश्वरसम्म साइक्लिङ हुने भएकाले सवारी चलाउन रोक लगाइने भएको छ । कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्म शुक्रबार र शनिबार चार घण्टा सवारी साधन चलाउन रोक लगाइने भएको हो । सडकको मुख्य लेनमा ट्राफिक प्रहरीले सवारी साधन चलाउन रोक लगाउँदै सर्भिस लेनमा भने चलाउन दिने भएको छ । २ […]
समाचार
मोबिलाइजेसनको रकम नेता, कर्मचारी र डनको खल्तीमा
काठमाडौं : पूर्वसचिव तथा संवैधानिक निकायका प्रतिनिधिहरूले सुधारमा सरोकारवाला तथा सरकारी निकायको साथ नहुने गरेको गुनासो गरेका छन्। यथास्थितिमा भएको कमजोरीले व्यक्तिगत लाभसमेत उठाइरहेको अवस्थामा नयाँ सुधारमा ध्यान नपुग्ने गरेको उनीहरूको गुनासो छ। पूर्वसचिव तथा नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेल सुधारका लागि काम गर्न निकै चुनौतीपूर्ण रहेको बताएका हुन्। उनले विगतमा केही सुधारका प्रयास […]
उपनिर्वाचनको भोलीपल्टै किन पुगे पूर्वराजा मध्यपश्चिम ?
उपनिर्वाचनबाट दलहरुले आफ्नो पक्षको जनमत जानकारी लिए । तर, उपनिर्वाचन सकिएको भोलिपल्टै पूर्व राजा ज्ञानेन्द्र शाह देशको मध्य पश्चिमको दौडाहामा गए । शाहले मध्य पश्चिमका शक्तिपीठहरुको दर्शन गरे । आफ्ना समर्थकहरुलाई पनि भेटेर जनमत बुझे । पूर्व राजाले एक हप्ता लामो यात्रामा प्रदेश नम्बर ५ को विभिन्न जिल्लाको भ्रमण गरिरहेका छन् । शुभचिन्तक र समर्थकलाई […]
मेडिकल कलेजका विद्यार्थी प क्राउ
पोखरा : गण्डकी मेडिकल कलेजका विद्यार्थी पक्राउ परेका छन्। कलेज परिसरबाटै बिहीबार ९ जना विद्यार्थी पक्राउ परेका हुन्। एमबीबीएस परीक्षा बहिस्कार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। केहीबेर परीक्षा हलमा बसेर विद्यार्थीहरु बाहिर निस्केरका थिए। पक्राउ परेका विद्यार्थीलाई प्रहरीले नाक प्रहरी चौकीमा राखेको बताइएको छ।
तिनाउमा जिप दुर्घ टना, दुई जनाको घट ना स्थलमै मृ त्यु
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। बुटवल पाल्पा सडकखण्ड अन्तर्गत सिद्दार्थ राजमार्गस्थित पाल्पाको तिनाउ गाउँपालिका ५ चौबिस माईलमा लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा २ जना पुरुषको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार जिप बिहीबार बिहान ११ बजे सिद्धार्थ राजमार्गबाट करिव २०० […]
भिजिट नेपाल २०२० देखि चितवनको नारायणी नदीमा पानी जहाज चल्ने
भरतपुर। भिजिट नेपाल २०२० देखि चितवको नारायणी नदीमा पानी जहाज चल्ने भएको छ । राइनो वाटर इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडले १५ करोड लगानीमा २५० जना क्षमताको मिनी पानी जहाज सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको हो । कम्पनीका सञ्चालक डा. शंकर खतिवडाका अनुसार आगामी हप्ता नारायणी नदिमा पानी जहाजको परिक्षण सञ्चालन गरिनेछ । आगामी जनवरी १ तारिखका […]
पर्यटकको पर्खाइमा अर्घाखाँचीको मालारानी
काठमाडौं । पश्चिम नेपालको लुम्बिनीमा अवस्थित मालारानी मन्दिर एक अथाह पर्यटकिय सम्भावना बाेकेको धार्मिक स्थल हो । समुन्द्री सतहदेखि २ हजार ८५ मिटरको उचाइँमा रहेको यो मन्दिर अर्घाखाँची जिल्लाको महत्वपूर्ण धार्मिक सम्पदा पनि मानिन्छ । वि.सं. १८६२ मा स्थापित यो मन्दिर सदरमुकाम सन्धिखर्कदेखि १५ किलोमिटर टाढा मालारानी गाउँपालिकामा पर्दछ । मालारानी मन्दिरमा भगवानको पूजाआजा र […]
आकाशे पुल नहुँदा पैदल यात्रुलाई समस्या
ललितपुर : सातदोबाटो चोकमा सवारी चाप समस्याग्रस्त बन्दै गएको छ। जाम खुलाउन सडकमा खटिएका ट्राफिक प्रहरीलाई हम्मे पर्छ। कार्यालयबाट घर फर्किनेहरू हतारमा हुन्छन्। सवारीचालक तँछाडमछाड गर्दै एकअर्कालाई उछिन्न खोज्छन्। जाम झन् बढ्दै जान्छ। प्रहरी आक्रोशित हुँदै सिठी फुक्छन्। सवारी चालकलाई गाली गर्छन्। लामो दूरीका बस र मालवाहक गाडीले सडक ढाकिदिन्छ। घण्टांै जाम हुन्छ। यस्तो सकस […]
नेपालको भूमि एक इन्च पनि मिच्न दिइने छैन : झलनाथ खनाल
पूर्व प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले कसैलाई नेपालको भूमि एक इन्च पनि मिच्न दिइने छैन भन्दै पूर्व प्रधानमन्त्री खनालले मिचिएको भूमि फर्काउन सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । […]
भोजपुरमा चिर्पटले हा नेर भा इले गरे दा इको ह त्या
भोजपुर – अरुण गाउँपालिका–६ धाउखानीमा भाइले चिर्पटले हानेर दाइको हत्या गरेका छन् । १८ वर्षीय भाइ डिकमान राईले चिर्पट प्रहार गरी दाइ ४० वर्षीय सुवास राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । गएको सोमबार दुवै दाजु भाइले रक्सी खाएर चिर्पट हानाहान गरेका थिए । चिर्पट हानाहान गर्दा गम्भीर घाइते भएका दाजुको बुधबार […]