यूरोपियन युनियनबाट नेपाललाई ठुलो अनुदान

यूरोपियन युनियनबाट नेपाललाई ठुलो  अनुदान

काठमाडौं। यूरोपियन युनियनमा आबद्ध ३ वटा देशले नेपाललाई करिब ११ अर्व ४० करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ। बुधबार अर्थ मन्त्रालयमा युरोपियन युनियनमा आवद्ध मुलुक स्विजरल्याण्ड, नर्वे र बेलायतका राजदुतहरुले नेपालको प्रदेश र स्थानीय तहको क्षमता बढाउने तथा सार्वजनिक सेवामा सुधार ल्याउने उद्देश्यका साथ सो अनुदान सहायता उपलब्ध गराउने सम्झदारी पत्रमा हस्ताक्षर गरेका हुन। […]

कति छ आज नेपाली बजारमा सुनको मूल्य ?

कति छ आज नेपाली बजारमा सुनको मूल्य ?

बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबारको तुलनामा तोलामा एक हजार रुपैयाँले बढेर ७३ हजार ५ रुपैयाँ मूल्य कायम भएको छ। यो नेपाली बजारमा सुनको उच्च मूल्य हो। मंगलबार सुनको मूल्य पाँच सयले बढेर ७२ हजार ५ सय पुगेको थियो। यस्तै तेजावी सुनको मूल्य पनि बढेको छ। बुधबारको लागि प्रतितोला तेजावी सुनको मूल्य ७३ […]

प्रभु बैंकका सीओओका सूचनाका कारण बैंकहरु ठूलो दुर्घटनाबाट जोगिए

प्रभु बैंकका सीओओका सूचनाका कारण बैंकहरु ठूलो दुर्घटनाबाट जोगिए

शनिबार दिनभर काठमाडौंमा सुरक्षा अवस्था सामान्य थियो। दरबारमार्ग र ठमेलमा मनोरञ्जन लिने बाहेक अरु स्थानमा मान्छेको खासै भिडभाड थिएन।अपरान्ह ४ बजेको थियो। टेकूस्थित महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीको नेतृत्वमा परिसरका प्रहरी अधिकारीहरु एउटा घटना अनुसन्धानबारे छलफल गरिरहेका थिए। छलफलमा परिसर एसपी अशोक सिंहसहित डीएसपी र प्रहरी निरीक्षकहरु समेत सहभागी थिए। बैठक चलिरहँदा […]

बढ्यो सुन चाँदीको भाउ

बढ्यो सुन चाँदीको भाउ

काठमाडौँ । आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो। आज छापावाल सुन प्रतितोला ७२ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला ७२ हजार तथा तेजावी […]

चिनियाँ ह्याकरले कुन बैंकबाट कति रकम चोरे

चिनियाँ ह्याकरले कुन बैंकबाट कति रकम चोरे

चिनियाँ ह्याकरले बैंकको परिचय नम्बर (बीआईएन) तथा एटीएम कार्ड प्रयोग गरी नेपालका पाँच बैंकबाट तीन करोड ४४ लाख झिकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भारतीय एसबिआई बैंकको एटीएमबाट एक करोड ७६ लाख तथा नेपाली बैंकको एटीएमबाट एक करोड ६८ लाख निकालेका हुन्। नेपालमा नेपाल एसबिआई, नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम बुथ प्रयोग भएको खुलेको छ। […]

नबिल बैंकले थाहा पाएको थियो एटीएमबाट पैसा चाेरिँदै गरेको

नबिल बैंकले थाहा पाएको थियो  एटीएमबाट पैसा चाेरिँदै गरेको

बैंकले एटीएममा पैसा अभाव नहोस् र केही प्राविधिक गडबढी भए त्यसलाई तत्काल समाधान गर्न सकियोस् भनेर सार्वजनिक बिदाको दिनसमेत २४ घण्टै आफ्ना कर्मचारीलाई खटाएको हुन्छ। त्यतिबेला नबिल बैंकले पनि आफ्ना कर्मचारी खटाएको थियो । बैंकले शनिबार बिदा पर्ने भएकाले शुक्रबार एटीएममा आइतबारसम्मलाई पुग्ने गरी पैसा हालेको हुन्छ। तर, शनिबार नै नबिल बैंकको कमलादीका दुवै एटीएम […]

आज नेपाली बजारमा घट्यो सुनको मूल्य

आज नेपाली बजारमा घट्यो सुनको मूल्य

काठमाडौं : आइतबार सुनको भाउ प्रतितोला ७२ हजारमा कारोबार भएको छ। केही दिनयता सुनको मूल्यमा उतारचढाव हुने क्रम जारी छ। शुक्रबार सुन प्रतितोला ७२ हजार ४ सय पुगेको सुनको मूल्य आइतबार पुनः घटेर ७२ हजार कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य आइतबारको लागि प्रतितोला ७२ हजार रुपैयाँ निर्धारण जनाएको छ। शुक्रबार प्रतितोला […]

प्रभु बैंक र एनआईसी बाहेकका बैंकको एटीएम सञ्चालनमा

प्रभु बैंक र एनआईसी बाहेकका बैंकको एटीएम सञ्चालनमा

१५ भदौ, काठमाडौं । सर्भर डाउन भएका बैंकहरुको एटीएम सेवा सञ्चालनमा आएको छ । प्रभु बैंक र एनआईसी एशियाबाहेकका बैंकहरूको एटीएम सेवा सञ्चालनमा आएको हो । ह्याकरहरुले आक्रमण गर्ने खतरा बढेपछि एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनिबार रातिदेखि आफ्ना सदस्य बैंकहरुको एटीएम सेवा बन्द गरेको थियो । आइतबार बिहान भने प्रभु र एनआईसी एशियाबाहेकका बै‌ंककाे […]

असुरक्षित बन्दै नेपाली बैंकका खाता

असुरक्षित बन्दै नेपाली बैंकका खाता

काठमाडौं। एटिपमको पिन नम्बर ह्याक गरेर बैंकका अन्य ग्राहकको बैंक खाताको पैसा एटिएम बुथबाट झिक्ने आपराधिक समूहले नेपाली बैंकलाइ निशाना बनाएको पाइएको छ । यसरी पैसा चोर्ने चिनियाँ आपराधिक समूहका केही सदस्य शनिबार पक्राउ परेपछि नेपाली बैंकका खाता असुरक्षित भएको खुलेको हो। उनीहरूले शनिबार नबिल बैंकका विभिन्न एटिएमबाट ५ करोड नगद निकालेका थिए । नबिल […]

आजको विदेशी विनिमयदर

आजको विदेशी विनिमयदर

काठमाडौं । आज (आइतबार) अमेरिकी डलरको भाउ घटेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ५५ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ ७१ पैसा र बिक्रिदर १३९ रुपैयाँ ४५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३८ पैसा रहेको […]