३८ बर्षपछि परिवार भेट्दा थामिएन अघोर बाबाको आँशु (भिडियो सहित)

काठमाडौँ । बिगत ३० वर्ष देखि अघोरीबाबा बनेका मृतुन्जय बाबासंग भूतप्रेत, किचकन्या र अन्य विषयमा कुराकानी गरिएको छ । काठमाडौँमा जन्मिए पनि उनि ५ वर्ष देखि अनाथ भएका थिए । त्यसपछि उनि आश्रमको साहारामा पुगेका थिए । त्यसपछि उनि बाजेको साहारामा भारत पुगेका थिए ।

उनि भारत गएर अघोरीबाबाको शरणमा पुगे । त्यसपछि सुरु भयो उनको अर्को जीवन । आज उनि ६१ वर्ष पुगी सके तर २० वर्षको हुदा देखि सिकेको अघोरबाबाको ध्यान अझै दिन रात जब्छन । बाबा बनेर एक्लै घाटमा बसेकै वर्षौ भैसक्यो । राती त्यस्तो एकान्त ठाउमा बस्दा भूतप्रेत देखि किचकन्यासम्म देखेका छन् उनले ।

उनको बाल्यकाल देखि युवावस्थाको बारेमा युट्युब च्यानलको विभिन्न अन्तर्वार्तमा बताउदै आएपनि उनको युवावस्थाको भिडियो भने देख्न पाइएको थिएन । अहिले आएर उनै भाइरल अघोर बाबाको युवावस्थाको भिडियो बाहिरिएको छ । उनले एक कार्यक्रमको बीच नाच्दै अंग्रेजी गित गाएका छन ।

आफु १७ वर्षको हुदा खेरिको दुर्लव भिडियो देखेपछि अघोर बाबा भाबुक हुनु भएको छ ।

युट्युब मै अपलोड भएको भिडियोहरु हेरेर उनको बाल्यकालको साथि बाबाको सम्पर्कमा आएका छन । लाजिम्पाटको बम काण्डको भिडियो हेरेपछि उनको दाई साथि बाबालाई भेट्न उनको कुटीमा पुगेका छन । बाल्यकालको यादहरु सम्झेर बाबाको आखा पनि रसाएको छ । भिडियो हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस्