हिडेर हस्पिटल पुगेकी २९ वर्षीया अनिताको हस्पिटलमै निधन

मिर्गौलामा रहेको पत्थरीको अपरेसन गर्दा ओम अस्पतालमा बिरामीको मृ त्यु भएको छ। शुक्रबार भर्ना गरिएकी धादिङकी २९ वर्षीया अनिता गुरुङको अपरेसनपछि आइतबार बिहान मृ त्यु भएको हो।

अनिताको मृ त्युपछि आफन्तले अस्पतालमा प्रदर्शन गरेका छन्। उपचारमा लापरबाही भएको भन्दै आफन्तले प्रदर्शन गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। आन्दोलित आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहेको प्रहरीले जनाएको छ।

पटकपटक उपचारमा आएका बिरामीको मृ त्यु हुँदापनि अस्पतालले आफ्नो कमजोरी सच्याउन भन्दा आफन्तलाई पैसाले किनेर यथार्थ लुकाउने गरेको छ। आइतबार भएको घटनामा पनि अस्पताल प्रशासनले २० लाख दिएर घटना गुपचुप पारेको छ। भने जेठमा भएको घटनामा पनि अस्पतालले परिवारलाई क्षतिपुर्ति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्