स्वर्गीय पति रवीन्द्र अधिकारीको जन्मथलोमा प्रचार गर्दै विद्या भट्टराई

कास्की । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा सत्तारुढ दल नेकपाले प्रचार तिब्र बनाएको छ । नेकपाको तर्फबाट प्रतिनिधिसभाकी उम्मेदवार विद्या भट्टराईले स्वर्गीय पति रवीन्द्र अधिकारीको जन्मथलो भरतपोखरीबाट अभियान आरम्भ गर्नुभएको हो ।

बिहीबार उम्मेदवार मनोनयनका क्रममा भरतपोखरी पुगेर आफ्नो उम्मेदवारीको औचित्यबारे बोल्दै भट्टराईले स्वर्गीय अधिकारीले त्यस क्षेत्रको लागि नभई सिंगो देश संमृद्धिका सपनाहरु देख्नुभएको र ती सपना पुरा गर्न आफू प्रतिबद्ध रहेकाे बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्