सुकुटे घ*ट*नाले मेरो सबै परिवार खायो ! गाउ शो*कमा, आमाको अन्तिम शब्द मात्र बाकी रहयो

सिन्धुपाल्चोकको सुकुटेमा हिजो आइतबार दिउँसो भएको यात्रुवाहक बस दु*र्घटनामा परी १७ जनाको मृ*त्यु तथा ५१ जना घा*इते भएको खबरले शैलुङ गाउँपालिका शोकमा डुबेको छ। उक्त यात्रुवाहक बस दु*र्घटनामा परी घा*इते भएकाको काभ्रेस्थित धुलिखेल सामुदायिक अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

दोलखाको शैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नं. को अरनिको यातायात प्रालिको बस चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९ अरनिको राजमार्गस्थित सुकुटेमा दु*र्घटना हुँदा बस सुनकोशी नदीमा खसेको थियो । सो गाडीमा यात्रारत रहेका घा*इतेका अनुसार क्षमताभन्दा बढी लोड गाडी तीव्रगतिमा चलाएका कारण अनियन्त्रित भएर दु*र्घटना भएको हो । शो घ*टनामा मृ*त्यु भएका मध्येका एक आफन्त सुबाश बस्नेतले आफ्नी आमा र भाई गुमाउनु परेको बताएका छन्।

संचारकर्मीसंग बोल्दै उनले क्षमता भन्दा बढी यात्रुका कारण उक्त दु*र्घटना भएको बताएका छन्। बस्नेतका अनुसार एउटै गाउँपालिका ९ जना गुमाउनु पर्दा सबै शो*कमा डुबेको बताए। साथै, भ्रष्टाचारबिरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही अस्पताल पुगेर घा*इतेहरुलाई भेट्न पुगेका छन्। संचारकर्मीसँगको कुराकानीमा शाहीले उक्त घ*टनालाई दु*र्घटना नभई ह*त्याको संज्ञा दिएका छन्। घ*टना हुनुमा ट्राफिकको पनि लापरवाही देखिएको उनले बताएका छन्।

बाँकि कुराकानी भिडियोमा हेर्नुस् :

प्रतिक्रिया दिनुहोस्