साम्राज्ञीको गाउँले चरित्र

काठमाण्डौं । अशोक शर्माद्वारा निर्देशित चलचित्र रातो टीका निधारमा आज (शुक्रबार) बाट प्रर्दशनमा छ । चलचित्रमा अशोकपुत्र अंकित र साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छन् ।

अशोक शर्माको लेखन तथा निर्देशन रहेको दशैं विशेष चलचित्र रातो टीका निधारमा दर्शकले रुचाउलान ? भन्ने निकै ठूलो चिन्ता छ । चिन्ता यो कारण पनि छ कि ?

चलचित्रकी मुख्य कलाकार शाह कुनै समयमा गाउँले परिवेशको भूमिकामा आफूले अभिनय नगर्ने बताएको भन्दै आलोचित बनेकी थिईन । तर यो चलचित्रमा नायिका शाहले गाउँले भूमिका निर्वाह गरेकी छिन् ।

चलचित्रमा नायिका शाह, नव–कलाकार शर्मा, नायिका नीता ढुंगाना, खुश्वु खड्का, कलाकार बुद्दि तामाङ, कलाकारहरु बसुन्धरा भुषाल, अरुणा कार्की लगायतको भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्