विश्व वरीयतामा पारस खड्का धोनी र क्रिस गेलभन्दा अघि !

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले आईसीसी टी–ट्वान्टी विश्व वरीयतामा आफ्नो स्थान कायम राखेका छन् । आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा पारस ६६औं स्थानमा यथावत छन् । उनले ४ सय १७ रेटिङ अंक पाएका छन् ।

पारसभन्दा तल महेन्द्रसिंह धोनी ७० र क्रिस गेल ७४औं स्थानमा रहेका छन् ।वरीयताको पहिलो स्थानमा भने पाकिस्तानका बबर अजम, दोस्रो स्थानमा अस्ट्रेलियाका गेलेन म्याक्सवेल, तेस्रो स्थानमा न्यूजिल्याण्डका कोलिन मुन्‍रो छन् ।

अलराउण्डरतर्फ पनि पारसको वरीयता यथावत २७औं स्थानमा छ । उनीभन्दा एक स्थान तल अफगानिस्तानका चर्चित स्पिनर तथा अलराउण्डर रसिद खान छन् ।

अलराउण्डरतर्फको वरीयतामा पहिलो स्थानमा गेलेन म्याक्सवेल, दोस्रोमा शकिब अल हसन र तेस्रोमा मोहम्मद नाबी छन् । बलिङतर्फ सोमपाल कामी र वसन्त रेग्मी पनि वरीयतामा छन् । वन्तको वरीयता ७३ र सोमपालको ७८ छ ।

प्रतिक्रिया दिनुहोस्