यी हुन् विश्वका १० धनी मुलुक (सूचीसहित)

काठमाडौं – पृथ्वीमा २०० मुलुकहरू छन् । तर यहाँका जनताको आम्दानीका आधारमा केही मुलुकहरू विश्वकै धनी बन्न सफल भएका छन् ।
यहाँ प्रस्तुत गरिएको छ विश्वका सर्वाधिक धनी मुलुक :

१. कतारः

यो मुलुकमा विशाल मात्रामा तेलको भण्डार रहेको छ । जीडीपी प्रति व्यक्ति आयका आधारमा यो मुलुक विश्वकै धनी रहेको छ । यो मुलुकको बेरोजगारी दर पनि ०.४ प्रतिशत मात्रै रहेको छ । याहाँका नागरिकको प्रतिव्यक्ति आय पनि वार्षिक १ लाख २४ हजार डलर रहेको छ ।

२. लक्जेम्बर्गः

यो मुलुकमा ६ लाख मात्रै जनसंख्या रहेको छ । यहाँको बेरोजगारी दर ५ प्रतिशत रहेको छ । यो मुलुकको आम्दानीको प्रमुख स्रोत भनेको स्टिल उत्पादन र अन्तर्राष्ट्रिय बैंकिङ रहेको छ । घना जंगलले पनि स्थानिय व्यवसायलाई सहयोग गर्दै आएको छ । याहाँका नागरिकको जीडीपी प्रतिव्यक्ति आय १,०९,१९० डलर रहेको छ ।

३. सिंगापुरः

यो सानो टापु मुलुक विश्वकै धनी मुलुकको रुपमा सधै प्रतिस्पर्धीको रुपमा रहन सफल भएको छ । यहाँका नागरिकको जीडीपी प्रति व्यक्ति आय ९० हजार ५३० डलर रहेको छ ।

४.स्वीट्जरल्यान्डः

यो सानो मुलुक पहाडै पहाडले घेरिएको छ । यहाँको जनसंख्या केबल ९० लाख रहेको छ भने जीडीपी प्रति व्यक्ति आय ८० हजार डलर रहेको छ ।

५. ब्रुनाईः

यो मुलुक सांस्कृतिक सम्पदाको रुपमा धनी रहेको छ । यो मुलुक सिंगापुरपछि दक्षिणपूर्वी एसियामा दोस्रो सर्वाधिक विकसित मुलुक हो । यहाँको जीडीपी प्रति व्यक्ति आय ७६ हजार डलर भन्दा बढी रहेको छ ।

६. नर्वेः

यो मुलुक बस्नका लागि विश्वकै खुसी मात्रै नभएर विश्वका धनी मुलुकहरु मध्येमा पनि पर्छ । यहाँको जीडीपी प्रति व्यक्ति आय ७४ हजार ८८२ डलर रहेको छ ।

७. आयरल्यान्डः

यो मुलुक आर्थिक सहयोग र विकासका लागि संगठन (ओईसीडी) को सदस्य रहेको छ । यो मुलुकको रोजगारीको अवस्था बलियो रहेको छ । यहाँका जनताको जीडीपी प्रति व्यक्ति आय ७२ हजार ६३० डलर रहेको छ ।

८. कुवेतः

तेलको मूल्यमा आएको गिरावटबाट केही मुलुकहरु प्रभावित भए पनि कुवेत भने बलियो अवस्थामा रहेको छ । यो मुलुकको जीडीपी प्रति व्यक्ति आय ७० हजार डलर रहेको छ ।

९. संयुक्त अरब इमिरेट्सः

संयुक्त अरब इमिरेट्स ७ ओटा अरेबिक राज्यहरु मिलेर बनेको छ । दुबई यसको सर्वाधिक जनसंख्या भएको सहर हो । यहाँको जीडीपी प्रति व्यक्ति आय ६८ हजार २५० डलर रहेको छ ।

१०. हङकङः

विश्वकै समृद्ध मुलुकको सूचीमा हङकङ १० औं स्थानमा रहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्