भिलेनमा भुवन केसी

काठमाडौं । सदावहार अभिनेता भुवन केसीलाई भिलेनको रुपमा पनि देख्न पाइने भएको छ । कार्तिकको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मिस्टर नेपाली’ मा उनी भिलेनको रुपमा देखिन लागेका हुन् । फिल्ममा भूवन बाबु र छोरा दुबै भूमिकामा देखिँदैछन् । दर्शकले ‘मिस्टर नेपाली’मा आफूलाई नायक नभएर खलनायकको रुपमा पाउने भुवनले बताए ।

‘मेरो भिलेन रुप दर्शकका लागि नौलो स्वाद हुनेछ,’ उनले थपे । देव भुषालको निर्देशन रहेको फिल्ममा भूवनको अलवा साहिल श्रेष्ठ र कुसुम राउतको समेत मुख्य भूमिका छ । कमेडी, प्रेम र देशप्रेमको विषय यठाएको यो फिल्म प्रेमराज दाहालले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्