बलिउड अभिनेता गोविन्दा विरगञ्ज आउने

काठमाडौं । विरगञ्जमा हुने ‘स्वर्णिम चलचित्र’ महोत्सवमा बलिउडका चर्चित अभिनेता गोविन्दा अहुजा नेपाल आउने भएका छन् । यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन गोबिन्दा नेपाल आउन लागेका हुन् ।

गोबिन्दा नेपाली मुलकी श्रीमती भएकै कारण पनि नेपाल आइरहन्छन् । यसपटक उनीसँगै उनकी श्रीमती सुनिता पनि आउने कार्यक्रम रहेको छ । गोविन्दा कात्तिक २१ गतेकै दिन महोत्सवमा सहभागी हुने बताइएको छ । गत वर्ष आयोजना भएको ‘एलजी फिल्म अवार्ड’ मा पनि सहभागी हुन गोविन्दा नेपाल आएका थिए ।

नेपाल चलचित्र निर्माता संघले आयोजना गर्न लागेको ‘स्वर्णिम चलचित्र’ महोत्सवको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने बताइएको छ । कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरु राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, करिश्मा मानन्धर, निरुता सिंह, केकी अधिकारी, पल शाह, अनमोल केसी लगायत दर्जनौं कलाकारहरुको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस्