कति छ आज नेपाली बजारमा सुनको मूल्य

असोज ६, २०७६ काठमाडौंः सोमबार चाँदीको मूल्य बढेको छ। तर, सुनको मूल्य भने स्थिर रहेको छ। सोमबार चाँदी ८७५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार र आइतबार चाँदी प्रतितोला ८६० मा कारोबार भएको थियो।

त्यसैगरी शुक्रबार, आइतबार र सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। यस्तै‚ तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्