आमिर खानले घटाए २० केजी वजन

बलिउड अभिनेता आमिर खानले आफ्नो फिल्मको सुटिङको क्रममा सबै कुराको ख्याल गर्छन् । आमिरले फिल्मको आफ्नो भूमिका अनुसारनै लुकलाई पनि परिवर्तन् गर्छन्, जसको उदाहरण दंगल फिल्मलाई लिन सकिन्छ । अहिलेको समय अभिनेता आमिर आगामी फिल्म ‘लाल सिंह चड्डा’को तयारीमा जुटेका छन् ।

रिपोर्टका अनुसार अभिनेता आमिरले फिल्म ‘लाल सिंह चड्डा’को लागि २० किलो वजन कम गरेका छन् । डिएनएका अनुसार आमिरले सय फिल्मलाई अलग–अलग १०० ठाउँमा सुटिङ गर्ने भएका छन् । स्क्रिप्टमा आमिरले आफ्नो भूमिकाको जीवन यात्रा देखाउनुपर्नेछ, जसको कारण उनले विभिन्न स्थानमा सुटिङ गर्नुपर्नेछ ।

एकै ठाउँमा स्टुडियो बनाएर सुटिङ गर्नका लागि आमिरले इन्कार गरिदिएका छन् । उनले आफ्नो टिमलाई विभिन्न १०० ठाउँमा सुटिङ गराउनका लागि भनेका छन् । यो फिल्मको लागि आमिरले दिल्ली, गजरात, मुम्बई, कोलकत्ता, बैंगलुरु, हैदरबाद लगाएत अन्य राज्यमा पनि सुटिङ गर्न सक्नेछन् ।

डिएनएको रिपोर्ट अनुसार यो फिल्ममा आमिरलाई सानो उमेरदेखि ५० वर्षको उमेरसम्म देखाइनेछ । आगामी डेढ महिनाभित्र यो फिल्मको लोकेशन फाइनल भइसक्ने बताइएको छ । यो फिल्मको सुटिङ १ नोभेम्बरबाट सुरु गरिनेछ । आमिरको ‘लाल सिंह चड्डा’ हलिउड फिल्म ‘फरेस्ट गम्प’ (१९९४)को रिमेक हो ।

प्रतिक्रिया दिनुहोस्