अनमोल केसीले साइन गरे नयाँ फिल्म

चलचित्र ‘एन्टी हिरो’को तयारीमा रहेका नायक अनमोल केसीले अर्को एक नयाँ चलचित्र साइन गरेका छन् । साप्तेन भुटियाले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘धुपौरो’मा नायक अनमोल केसी फाइनल भएका छन् ।

निर्माणपक्षले यो चलचित्रको लोगो समेत तयार पारिसकेको छ । जसमा, नायक केसीको नाम मात्र उल्लेख छ । चलचित्रका निर्देशक भुटियाले अनलाइनखबरसँग भने–‘हो, हामीले अनमोललाई फाइनल गरिसकेका छौ ।’

नायक अनमोल केसी कमर्सियलसँगे आर्ट मुभीमा पनि काम गर्न चाहन्थे । उनलाई साप्तेनले यो चलचित्रको अफर केही समय अगाडि नै गरेका थिए । लामो समयपछि अनमोलले चलचित्रमा काम गर्ने मनस्थिती बनाएका हुन् । चलचित्रको छायांकन मंसिरमा सुरु हुने बताइएको छ । साप्तेनले बनाएको ‘तान्द्रो’ चलचित्रलाई समिक्षकले पनि मन पराएका थिए । उनी, निर्देशित नयाँ चलचित्र ‘ च च हुई’ मंसिरमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्